दुई पत्रकार सम्मानित

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
चरिकोट, दोलखा

देवदास स्मृति पत्रकारिता पुरस्कारबाट दोलखाका पत्रकार रमेश खतिवडा र निता राउत नगदसहित सम्मानित भएका छन् ।

पत्रकारद्वयलाई नेपाल पत्रकार महासंघ दोलखा शाखा देवदास स्मृति सभाका अवसर पारेर चरीकोटस्थित भाद्र १६ गते एक कार्यक्रम गरि दश, दश हजार नगदसहित पुरस्कृत गरेका हुन् । पुरस्कार दोलखाबाट प्रदेश सांसद विशाल खड्काले हस्तान्तरण गरेका थिए ।

देवदास स्मृति पत्रकारिता पुरस्कार २०७५ बाट सम्मानित राउत सौर्य दैनिक र  २०७६बाट सम्मानित खतिवडा नागरिक दैनिकमा कार्यरत तथा प्रेस यूनियन बागमती क्षेत्र विशेष संयोजक हुन् ।

पत्रकार महासंघ दोलखा शाखाद्वारा चरीकोट लामाचौरमा निर्माण गरिरहेका सूचना केन्द्र सहितको सुबिधा सम्पन्न भवनका लागि प्राप्त रकम पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई हस्ताणतरण गरेको पुरस्कृत पत्रकार राउतले बताइन् ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका संस्थापक अध्यक्ष रहेका देवदास श्रेष्ठको २०६२ साल भाद्र १६ गते हृदयघात भई निधन भएका थिए  ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका