हिन्दु नारीहरुको महानपर्व हरितालीका तीजको अवसरमा खुल्ला लोक नृत्य प्रतियोगिता सम्पन्न गरेकोे छ । धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित चुलाचुली माध्यमिक विद्यालयमा सोमबार सम्पन्न भएको हो ।
शिवालय महिला बचत तथा ऋण सहकारी संस्था, चुलाचुली यूवा क्लब र चुलाचुली महिला बचत तथा ऋण सहकारी संस्थाले संयूक्त आयोजना गरेको प्रतियोगितामा सेतो गुराँस बोर्डिङ स्कुल प्रथम भएको छ । त्यस्तै द्धितिय महाकाली मावी, तृतिय चुलाचुली यूवा क्लव र सान्त्वना साहारा यूवा क्लबले जितेका छन् ।
प्रतियोगितालार्इ प्रथम, द्धितिय, तृतिय र सान्तवनाले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र दुई हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरेका छन् ।
नृत्य प्रतियोगितामा गाउँपालिकाभित्र रहेका विद्यालय र क्लबका गरी १० वटा समुहले सहभागीता जनाएका थिए ।
प्रतियोगिताको निर्णायकमा धनकुटाको संगीत विद्यालय, त्रिवेणी सांस्कृतिक क्लबका अध्यक्ष नारायण विक र मिस पूर्वाञ्चल एवं धनकुटा लेडिज जेसिजका अध्यक्ष प्रमिशा श्रेष्ठ रहेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि छथरजोरपाटीका उपाध्यक्ष भिमकला श्रेष्ठले चाडपर्वलाई मध्येनजर गरी आयोजना गरेको यो प्रतियोगित्मक कार्यक्रमले मनोरञ्जन मात्र नभै व्यक्तित्व विकास पनि हुने बताइन् । उपाध्यक्ष श्रेष्ठले लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने माध्यम समेत रहेको भन्दै विजेता टिमहरुलाई अझ प्रगतिको शुभकामना दिएकी छन् ।
कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष सुरेन्द्रकुमार लिम्वुले मौलिक चाडपर्व, रितिरिवाज बचाउन सचेतनामुलक कार्यक्रमहरु सञ्चालनको लागि वडाले सहयोग गर्ने प्रतिवद्धता जनाएको थियो ।
त्यस्तै गाउँपालिकाका प्रशासकीय अधिकृत केशवप्रसाद अर्यालले मौलिक परम्परा लोप हुदै गइरहेको अवस्थामा यस्ता प्रतियोगिताहरुले पुस्तान्तरण गर्न सहयोग पुग्ने बताए ।
यसैगरी कार्यपालिका सदस्यहरु, वडासदस्यहरु, चुलाचुलीका प्रधानध्यापक धर्मराज थोक्लेन, चुलाचुली महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जानुका भट्राई, विभिन्न विद्यालयका प्रधानध्यापक शिक्षकशिक्षिकाहरुले शुभकामना दिएका थिए ।
चुलाचुली मावीको व्यवस्थापन र गाउँपालिकाले आर्थिक सहयोग गरेको शिवालय महिला बचत तथा ऋण सहकारीका अध्यक्ष सरस्वती दाहालले जानकारी दिइन् ।