नेप्से सामान्य अङ्कले घट्यो

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सामान्य अङ्कले घटेको छ । नेप्से आइतबार एक दशमलव ३८ अङ्कले घटेर दुई हजार छ सय ८८ दशमलव ९२ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

चार अर्ब नौ करोड ६२ लाख बराबरको कारोबार भएको छ । सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैङ्क छ । यस बैङ्कले २७ करोडभन्दा बढीको कारोबार गरेको छ ।

नेप्सेका अनुसार आइतबार कारोबार भएका कम्पनीमध्ये चार कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११८२५ रुपैयाँ पुगेको छ । महालक्ष्मी विकास बैङ्कको सेयर मूल्य बढेर प्रतिकित्ता ७८५ रुपैयाँ, तेह्रथुम पावर कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४३९ दशमलव ४० रुपैयाँ र मनुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य बढेर प्रतिकित्ता एक हजार २१ रुपैयाँ ५० पैसा पुगेको छ ।

त्यस्तै, हाइड्रो इलेक्ट्रोसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी नोक्सान व्यहोरेका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका