तामाङ पत्रकार संघ कोरियाको अध्यक्षमा अमिर योन्जन 

दक्षिण कोरिया

तामाङ पत्रकार संघ दक्षिण कोरियाको अध्यक्षमा अमिर योन्जन  सर्वसम्मतबाट चयन भएका छन् ।

आइतबार जुममार्फत भएको दोस्रो अधिवेशनबाट योन्जनसहित ९ सदस्यीय नयाँ कार्य समिति चयन भएका हुन् । यसैगरी समितिको उपाध्यक्षमा राजिव घिसिङ, सचिवमा दुधबहादुर लामा, कोषाध्यक्षमा विमल लामा दोङ चयन भएका छन् ।

संघको अध्यक्ष सिमा लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा तामाङ पत्रकार संघ केन्द्रीय अध्यक्ष विष्णु मोक्तान उपस्थित थिए । विशेष अतिथिमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष रवि लामालगायत संघ-संस्थाका सहभागीता थियो ।

अधिबेशनको बन्दशत्रमा निवर्तमान सचिव राजिब घिसिङले कार्य प्रगति विवरण र कोषाध्यक्ष दुध लामाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी निर्वचान समितिको संयोजकमा संघका सल्लाहकार गोकुल थोकर र सदस्यमा मेघप्रसाद वाइबा रहेको थियो ।

नवनिर्वाचित अध्यक्ष योन्जन नेपालमा रहँदा तामाङ डाजाङ लगायत अनलाइन र हाल सैलुङअनलाइनका कोरिया प्रतिनीधि हुन् ।

२०१८ मार्चमा स्थापना भएको संघको पहिलो प्रवास शाखा हो । संघको छैटौं राष्ट्रिय महाधिबेशन यही मंसिर ११ गते काठमाण्डौँमा हुदै छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका