दोलाख कला समाजद्वारा स्रष्टा सम्मान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

दोलखा कला प्रबर्द्धन समाजले दोलखाका कलाकार तथा पत्रकार गरी १ सय २० भन्दा बढीलाई सम्मान गरेको छ । आइतबार तीजको दर खाने दिन र स्रष्टा सम्मानका लागि कार्यक्रम आयोजना गरेको आयोजकले जानकारी दिए ।

कार्यक्रममा बरिष्ठ लोकगायक कुमार बस्नेतले समाजले यसरी दोलखाका कलाकारहरुसँग जम्काभेट गराई गीतसंगीतलाई जीवन्त दिन खोजेकोमा धन्यवाद दिए । सम्राट बस्नेतले आफूले सकेको समाज र नयाँ पिडीहरुलाई सहयोग गर्ने बताए ।

समाजका अध्यक्ष असीमकुमार कटुवाललले दोलखाली कलाकारहरुका सम्बन्धलाई सुमधुर बनाई राख्नका लागि समेत कार्यक्रम गरेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य बर्मा लामा, नेकपाका नेता शंकर लामा लगायत विभिन्न संघसंस्थाहरुका प्रतिनिधिले शुभकामना दिएका थिए ।

बरिष्ठ लोकगायक बस्नेतबाट सम्पूर्ण कलाकारहरुलाई सम्मानपत्रले सम्मान गरेका थिए ।

कार्यक्रममा कलाकार मदनदास श्रेष्ठ, हरि बहादुर राउत, नबराज घोरासैनी, सावित्री केसी लगायतका चर्चित कलाकारहरुको उपस्थिति थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया