शैलुङद्वारा ८० उत्कृष्ट कृषकलाई सम्मान

सैलुङअनलाइन संवाददाता
दोलखा

दोलखाको शैलुङ गाउँपालिकाले ८० जना उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । पालिकाले प्रत्येक वडाबाट १० जनाका दरले ८० जना उत्कृष्ट कृषकलाई सम्मानसहित पुरस्कार प्रदान गरेका हुन् ।

पालिकाले उत्कृष्ट कृषकमा छनाेट भएका ५५ जनालाई सुधारिएको चुलो र २५ जनालाई टनेल प्रदान गरेका छन् । कृषकहरूलाई पालिकाका अध्यक्ष भरतप्रसाद दुलालले एक कार्यक्रम बिच सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

कार्यक्रममा पालिकाले कृषि क्षेत्रलाई प्रामाणिकतामा राखेर काम गरिरहेको अध्यक्ष भरतप्रसाद दुलालले बताए । जिल्लाका ९ वटा स्थानीय तहमध्ये एक वडा एक कृषि तथा एक पशु प्राविधिक पहिलो पटक शैलुङले राखेका थिए । प्रविधिककाे व्यवस्था पछि कृषिमा सुधार आएको अध्यक्ष दुलालकाे भनाई छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका