नेपाल बन्द सफल हुन्छ: नेता महतो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
315 Shares
धनुषा
सांगीतिक तस्वीर

पेट्रोलियम मूल्य वृद्धिको विरोधमा विप्लव समूहले गरेको नेपाल बन्द आव्हान भव्यरूपमा सफल बनाउने मिथिला स्वायत्त जनपरिषद् प्रमुख पवन महतोले बताएका छन् । मंगलबार हुने बन्द जनताको लागि गरेको हुँदा सबैको सहभागिता उल्लेख्य रहने उनले बताए ।

महोत्तरी लगायत प्रदेश-२ का ८ वटै जिल्लामा बन्द सफल बनाउन आफ्ना नेता, कार्यकर्ता परिचालन भइसकेको बताउँदै उनले बिहान ६ बजेदेखि बेलुका ५ बजेसम्म सवैजनालाई ऐक्यबद्धता जनाउन अपिलसमेत गरे ।

प्रदेश २ मा विप्लव समूह अलि कमजोर भए पनि उनीहरूले गरेको बन्दमा सर्वसाधारणको समेत सहभागिता रहने स्थानीयले बताएका छन् । एम्बुलेन्स, दमकल जस्ता इमर्जेन्सी सवारी साधन बाहेक अन्य सबै प्रकारका यातायात, शिक्षण संस्था महतोले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका