च्याउबाट चन्द्रकुमारीको गाउँमै आम्दानी

सरस्वती न्याैपाने संवाददाता
रसुवा

कृषि पेसा आयस्रोतको साधन बनेको छ । कृषि पेसा आँगलेकाहरु मनग्य आम्दानी समेत गरिरहेका छन् । त्यसको एक उदाहरण हुन्‚ चन्द्रकुमारी न्यौपाने । कालिका गाउँपालिका वडा नम्बर ३ कटुन्जे निवासी न्यौपानेले गाउँमै च्याउ खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् ।

मनकामना च्याउ तथा फलफूल उद्योग व्यवसाय दर्ता गरी खेती सुरु गरेका हुन् । २०७४ सालमा स्थानीय तह र घरेलुमा व्यवसाय दर्ता गरेर काम सुरु गरिएको हो । पासाङल्हामु राजमार्ग नजिक रहेको र च्याउको गुणस्तर राम्रो भएकै कारण बजार समस्या नभएको उनी बताउँछिन् ।

उनी भन्छिन्‚ ‘२०६२ मा काठमाडौँमा बस्दा सीप सिकेर बलम्बुमा यसको खेती गरे‚ त्यसको एक वर्षपछि गाउँमा जग्गा भाडा लिएर यो खेती सुरु गरेको हो । अहिले छोराछोरीलाई निजी स्कुल र कलेज समेत पढाउन सक्षम भएको छ ।’

काठमाडौँमा दस वर्ष गोब्रे च्याउ खेती गरेर बसिरहेको उनको परिवार जब २०७२ सालमा भूकम्प आयो । त्यसपछि मङ्सिरमा आफ्नो गाउँ कटुन्जेमा आई आफ्नै जग्गामा परालको टनेल हालेर च्याउ खेतीको सुरुवात गरेको हो‚ उनले भने ।

कसरी बन्छ च्याउ

वर्षमा तीन पटक मात्र च्याउ खेती हुन्छ । मिहेनतकासाथ पराललाई काटेर टुक्रा गरी सफा पानीले पखालेर उसिनेर सेलाएपछि प्लास्टिकको पोको पारेर त्यसमा च्याउको बीउ राखेर पोकालाई अँध्यारो कोठामा राखेपछि करिब एक महिनापछि खानको लागि तयार हुन्छ ।

प्रतिकिलो दुई सयको दरले च्याउन हुन्छ । उनको तीन वटा टनेल रहेको छ अहिले । तीन टनेलबाट पाँच सय ९० पोका च्याउ उत्पादन हुन्छ । मङ्सिर, पुस, माघमा सकिने बेला हो र असार‚ साउनमा लगाइँदैन । फागुन लागेपछि फेरि नै च्याउ उमार्न सुरु गरिन्छ ।

सुरुमा च्याउ खेती गर्नका लागि कृषि कार्यालय, घरेलु शाखा, परिवर्तन पात्रले सहयोग गरेको रहेछ । कन्या जातको च्याउ खेती गरिरहेकी चन्द्रकुमारीको २८ फिट लामो र २२ फिट चौडाइका तीन वटा परालको घर बनाएको छ ।

‘श्रीमानको साथ सहयोगको कारण नै सफलता पाएको हुँ‚ न्यौपाने सुनाउँछिन्‚ आज सफल कृषकको रूपमा परिचित भएको छ ।’

कालिकास्थान, धुम्तिवजार, बेत्रावती लगायत सदरमुकाम धुन्चेमा लगेर बेच्ने गरेको छ । कहिले त हारालुछ नै हुन्छ । च्याउ खेतीबाट कहिले मासिक एक लाख र वार्षिक चार लाखसम्म आम्दानी हुने गर्दछ । त्यसले नै जीवन गुजारा गर्न मद्दत पुगेको छ । सायद मिहेनतको फल राम्रै हुन्छ‚ चन्द्रकुमारीले भनिन्‚‘च्याउको व्यापार लकडाउन राम्रै भएको छ ।’

यसै वर्ष सितके च्याउ खेतीबारे तालिम लिएपछि लगानी गर्न सके सिताके च्याउ पनि गर्ने उनको सोच छ ।

कृषि पेसाबाट सफल महिला उद्यमी बन्नू चन्द्रकुमारी सफल व्यावसायिक चिरपरिचित नाम हो । तरकारी र फलफूलभन्दा पनि च्याउलाई बढी प्राथमिकता दिइएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका