दश दिनमै लाख माथि भ्यूज पाए ‘छामेला गोठालो’ले

सैलुङअनलाइन संवाददाता
काठमाडौं

आयश लामाको दोस्रो साङ्गीतिक प्रस्तुति ‘छामेला गोठालो’ हालै बजारमा आएको छ । तामाङ भाषाको सेलो दोहोरी छामेला गोठालो फ्याफुल्ला नेपाल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

लामाले आफ्नो एल्बममा विपरित लिङ्गप्रति किशोर वयकालिन उत्सुकता र आकर्षणलाई व्यङ्ग्यात्मक छेडखानीको शैलीमा प्रस्तुत गरेका छन् । उमेरजन्य चन्चलता समेत अभिव्यक्त गीतमा लामाले किशोरकालिन मनोभाव, चाहना अनि समस्यालाई गीति माध्यमबाट उजागर गरेका छन् ।

आयश लामा स्वयं र जितु लोप्चनको स्वर अनि डुप्साङ तामाङको शब्द रचनालाई सानुबाबु घिसिङले सङ्गीतवद्ध गरेका छन् । राजु लामा थिङको निर्देशन तथा कोरियोग्राफीमा बनेको गीतको भिडियो एल्बममा पाल्देन लामा, शविन तामाङ, श्याम तामाङ, शुष्मा मोक्तानलगायतको अभिनय रहेको छ भने भिडियो इडिटिङ सन्तोस गोले र सिनेम्याटोग्राफी सुमन तामाङको रहेको छ ।

डेढ साता अघि सार्वजनिक गीतले अहिलेसम्म एक लाख माथि भ्यूज पाइसकेको छ । लामाको यस अघि प्रकाशित गीति एल्बम ‘सेमला रहर’ पनि दर्शक/स्रोताले निक्कै रुचाएका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका