सनिमाले टिच फर नेपाललाई आर्थिक सहयोग

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ
0 Shares
काठमाडाैं

शैक्षिक क्षेत्रमा थप टेवा र्पुयाउने हेतुले सानिमा बंैकले टिच फर नेपाललाई गरेको सहयोगलाई निरन्तरता दिएको छ । यस वर्ष पनि बैंकले १० लाख रुपैयाँ सहयोग गरेको हो ।

बैंकले विगत ७ वर्षदेखिनै सामाजिक उत्तरदायित्व अन्तर्गत उपत्यका बाहिरका शाखाहरुबाट विपन्नवर्गका विद्यार्थीहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गर्दै आएको छ ।

सरकारी विद्यालयमा पढ्ने नेपालीलाई उच्च स्तरीय शिक्षा दिने दुरदर्शीताका साथ टिच फर नेपाल विगत ६ वर्षदेखि यस क्षेत्रमा कार्यरत छ । हाल १३८ जना प्रज्ञार्थी शिक्षकहरु विभिन्न ७ जिल्लाका ६५ सामुदायिक विद्यालयहरुमा कार्यरत रही १० हजार भन्दा बढी विद्यार्थीहरुमा प्रत्यक्ष र सकारात्मक प्रभाव पारिरहेका छन्।

सानिमाका सात वटै प्रदेशमा हाल ७९ वटा शाखा, १ एक्सटेन्सन काउन्टर र ७५ वटा एटिएम रहेका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका