निफ्राले बोलायो साधारणसभा, लाभांश प्रस्ताव मुख्य एजेन्डा

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाल इन्फ्रास्ट्रक्चर बैङ्क ९निफ्रा० ले २९ मङ्सिरका लागि साधारणसभा बोलाएको छ । बैङ्कले लाभांश प्रस्ताव गर्ने मुख्य एजेन्डासहित बत्तिसपुतलीमा सभा आह्वान गरेको हो ।

सभामा आठ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ ।

साधारण सभा प्रयोजनार्थ ९ मङ्सिरमा बुक क्लोज हुनेछ । यसर्थ, ८ मङ्सिरसम्म नेप्सेमा कायम सेयरधनीले मात्र सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका