ब्राजिलसँग रोकिएपछि अर्जेन्टिना विश्वकप छनोट हुन अर्काे खेल कुर्नु पर्ने 

सैलुङअनलाइन एजेन्सी
अर्जेन्टिना

ब्राजिलसँग बराबरीमा रोकिएपछि अर्जेन्टिना कतार फिफा विश्वकपमा छनोट हुनबाट रोकिएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिना घरेलु मैदानमा ब्राजिलसँग गोलरहित बराबरीमा रोकिएको हो ।

यससँगै विश्वकपमा छनोट भइसकेको ब्राजिलले अर्जेन्टिनालाई रोक्दै विश्वकप छनोट हुन दिएन । अब छनोटका लागि अर्जेन्टिनाले अर्काे खेल कुर्नुपर्ने हुन्छ । स्टार खेलाडी नेयमारबिना मैदान उत्रिएको ब्राजिलले कप्तान लिओनल मेस्सीसहितको अर्जेन्टिनालाई रोक्न सफल भए । अर्जेन्टिना बल पोसेसनमा बलियो देखिएपनि गोल भने गर्न असफल भए ।

बराबरीसँगै ब्राजिलले १३ खेलबाट ३५ अंक जोड्दै शीर्ष स्थानमा छ । अर्जेन्टिनाको १३ खेलमा २९ अंकसहित दोस्रो स्थानमा छ । इक्वेडर १४ खेलमा २३ अंकसहित तेस्रो तथा समान खेलमा कोलोम्बिया १८ अंकसहित चौथो स्थानमा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका