प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रोपटक सिंगापुरबाट क्याविनेट बैठकमा सहभागी भएका छन् । सिंगापुरबाट टेलिप्रिजेन्स प्रविधिमार्फत मंगलबार दोस्रो चोटी आफ्नो क्याविनेटका सदस्यहरूसँग सरकारका कामको बारेमा छलफल गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।
छलफलका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो उपचारबारे जानकारी दिने र मन्त्रीहरुले आफ्नो कामका बारे प्रधानमन्त्रीलाई अपडेट गर्ने प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालले जानकारी दिएका छ ।