सुष्माको `सगरमाथा डाँडामाथी बादलुको छाँया´ सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडौं

गायिका सुष्मा सुनुवारले `सगरमाथा डाँडामाथी बादलुको छाँया´ बोलको आधुनिक गीत सार्वजनिक गरेको छ । उनले पनि अन्य गायक गायिकाले झैं आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन् ।

गायिका सुनुवारको आवाज रहेको गीतको संगीत एवं एरेन्ज बिशाल योन्जनले गरेका हुन् । गीतको शब्द भने धिरज गोलेको रहेको छ । त्यस्तै सम्पादन तथा कलर भने निशाल योन्जनले गरेका हुन् ।

आफै गीत रचना समेत गर्ने गायिका सुनुवार ` अधुरो कथा मुटुको व्यथा बुझिदिने को छ र, जिन्दगीको एकै पलमा ´ लगायत झन्डै दर्जनभन्दा धेरै गीतहरुमा आवाज दिइसकेकी छिन् ।

सर्लाहीकी गायिका सुनुवारले सानैदेखि गीतसंगीत तथा साहित्यमा रुचि राख्ने नवगायिका सुनुवार स्कुलले जीवनमा समेत गीतसंगीत र साहित्यमा कलम चलाए बापत पुरस्कृतसमेत भइसकेकी छिन् । सांगीतिक क्षेत्रमा संघर्षरत सुनुवार हाल काठमाडौंलाई कर्मभूमि बनाउँदै आएकी छिन् ।

सुनुवारले नवगायिकाको उत्कृष्ट अवार्ड समेत पाइसकेकी छिन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका