तामाङ पत्रकार सङ्घ बागमतीमा अर्जुन पाख्रिन

सैलुङअनलाइन संवाददाता
काठमाडौं

तामाङ पत्रकार सङ्घ बागमती प्रदेशको प्रथम प्रदेशसभाले प्रदेश समितिकाे अध्यक्षमा अर्जुन पाख्रिन तामाङ चयन गरेको छ । बिहीबार तामाङ भवन बाैद्ध काठमाडौँमा भएको सभाले पाख्रिनको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेका छन् ।

समितिको उपाध्यक्षद्वय ज्ञानेन्द्र तामाङ र शान्ति थिङ तामाङ‚ सचिवमा जगतमान तामाङ र कोषाध्यक्ष जुनु ग्लानलाई सर्वसम्मतले चयन गरेका हुन् । कोषाध्यक्ष भने मनोनितबाट चयन गर्नेछन् ।

यस्तै सदस्यहरू मानकाजी पाख्रिन‚ मायालु लामा‚ पेमा लामा‚ निशा मोक्तान‚ अमर लामा‚ दीपेन्द्र थिङ‚ विजय भोलन‚ सन्दीप तामाङ‚ करण तामाङ‚ बुद्धराम तामाङ‚ सरु लामा र सरिना तामाङ चयन गरेका हुन् ।

संघको प्रथम प्रदेशसभालाई सम्बोधन गर्दै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले बागमती प्रदेशमा तामाङ पत्रकारको सञ्जाल नै बढी भएकोले यसमा बन्ने संस्था बलियो हुने बताइन् । उनले तामाङ समुदायको भाषा, संस्कृति र पहिचानको लागि सङ्घले विशेष भूमिका खेल्नुपर्ने बताइन् ।

उपसभामुख तामाङले भनिन्, ‘हालै भइरहेको जनगणनामा बाहिरीभन्दा भित्री कुरामा बढी संवेदनशील नभएको देखियो। जनगणनामा सबैको वास्तविक तथ्याङ्क आउनुपर्नेमा नआएकोमा चिन्ता छ ।’

‘अहिले हाम्रो समुदायमा खोजमूलक पत्रकारिता गर्ने पत्रकारको आवश्यकता छ‘‚ उनले भनिन्‚ ‘समग्र नेपालको विकास दिन सक्ने सन्देश यस संस्थाले दिनेछ ।’

कार्यक्रमका संयोजक डोल्मा मनाङथेनले यस वर्षबाट बागमती प्रदेशले नयाँ कार्यसमिति पाएकाेले अब बागमतीमा तामाङ पत्रकारहको मुद्दा संघले उठाउने बताइन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका