ए डिभिजन लिग आजबाट, फ्रेण्ड्सलाई सातदोबाटोको चुनौती

रमेश सुवेदी संवाददाता
काठमाडौं

शीर्ष डिभिजन लिग आज शुक्रबारबाट सुरु हँदैछ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा हुने लिगको उद्घाटन खेलमा ललितपुरका दुई टोली नवप्रवेशी सातदोबाटो यूथ क्लब र फ्रेण्ड्स क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

साँझ पौने ५ बजे सुरु हुने लिगको उद्घाटन खेलमा दुवै क्लब जितका साथ तीन अङ्क एकतर्फी पार्ने योजनामा हुनेछन् ।

सातदोबाटो यूथ क्लब यसै सिजन भएको ‘बी’ डिभिजन लिगबाट दुई खेल अघि नै ‘ए’ डिभिजन लिगमा बढुवा भएको थियो । फ्रेण्ड्सले भने झन्डै चार दशकदेखि लगातार ए डिभिजन लिग खेल्दै आएको छ ।

खेलअघिको पत्रकार सम्मेलनमा दुवै टोलीले एक अर्कालाई कमजोर नआँक्ने र तिन अङ्कको लागि खेल्ने बताए ।

फ्रेण्ड्स क्लबका मुख्य प्रशिक्षक मृगेन्द्र मिश्रले शीर्ष डिभिजनको लिगमा सबै विपक्षी बलियो हुने बताउँदै सातदोबाटो नयाँ भए पनि जोस र जाँगरका साथ खेल्ने योजना सुनाए । उनले सातदोबाटोविरुद्धको खेल सहज नहुने स्वीकारे ।

‘हामीले ४० दिन प्रशिक्षण गरेका थियौ । ए डिभिजन लिगमा बाच्ने लक्ष्य हुनेछ । हामी छैटौँ, सातौँ स्थानसम्म आउने प्रयास गर्नेछौ । खेलमा जुन विपक्षी पनि बलियो हुन्छन् । सातदोबाटो नयाँ क्लब हो, नयाँमा अझ जोस र जाँगर हुन्छ । भोलिको खेल गाह्रो नै होला ।’ नेपाललाई १३ औँ दक्षिण एसियाली खेलकुद ९साग० को उपाधि जिताउँदा गोलरक्षक प्रशिक्षक मिश्रले भने ।

फ्रेण्ड्सका कप्तान सुरज विकले पनि प्रशिक्षकको भनाइमा सहमति जनाउँदै सातदोबाटोलाई कम नमानेको र ३ अङ्कको लागि खेल्ने बताए ।

‘हाम्रो टोली औसत छ । सातदोबाटोलाई हामीले कम मानेका छैनौँ । ३ अङ्क हासिल गर्ने योजना छ ।’ पहिलो पटक फ्रेण्डस्को जर्सीमा देखिन लागेका विकले भने ।

पहिलो पटक ‘ए’ डिभिजन लिग खेल्न लागेको सातदोबाटो भने विगतका दिनमा ए डिभिजन लिग खेलेका र विदेशी खेलाडीको साथमा लिगमा उत्कृष्ट प्रदर्शन गर्ने योजनामा हुनेछ ।

शीर्ष डिभिजनको पहिलो खेलमा सातदोबाटोको नजर तिन अङ्कमा हुनेछ । ‘ए डिभिजन लिग खेल्न पाउनु नै ठुलो कुरा हो । त्यसमा पनि उद्घाटन खेल पाउनु र खेलाडीले पनि पहिलो खेलमा अनुभव लिन पाउनु ठुलो कुरा हो ।’ नेपाल राष्ट्रिय टोलीको सहायक प्रशिक्षकको रूपमा काम गरिसकेका केसीले भने ।

कुन–कुन कुरामा सुधार गर्नुपर्छ सबैसँग खेलेपछि थाहा हुन्छ । दुई–तीन खेल खेलेपछि नजर परिवर्तन गर्छौँ ।’

क्लबका कप्तान मानबहादुर तामाङले नयाँ क्लबलाई चुनौतीको रूपमा लिएको र लिगमा सातदोबाटो नयाँ भएकाले अनुभव बाँड्न आएको प्रतिक्रिया दिएका छन् ।

करिब ४ महिना हुने लिगमा १४ क्लबको सहभागिता छ । राउन्ड रोबिन पद्धतिमा हुने लिगमा ९१ खेल हुनेछन् । लिगको शीर्षस्थानको टोली एएफसीको प्रतियोगिताका लागि छनोट हुनेछ भने पुछारका दुई टोली ‘बी’ डिभिजन लिगमा घटुवा हुनेछन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका