टानको महासचिवमा लामाको उम्मेदवारी

सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडौ

पर्यटन व्यवसायी सरिता लामाले ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को महासचिवमा उम्मेदवारी घोषण गरेकी छिन् ।

उम्मेदवार लामा अध्यक्ष पदका उम्मेदवार कुमार थापाको प्यानलबाट टानको चुनावमा उत्रिएकी हुन् । टानले पहिलोपटक महासचिव पदमा महिला उम्मेदवार पाएको हो ।

उम्मेदवार लामा रामेछाप दोरम्बा गाउंँपालिका-१, डडुवाकी ‘लामा अफ् दी वाल ट्रेकिङ’की प्रबन्ध निर्देशक हुन् । सन् २००४ मा नर्सिङ पेशा त्यागेर व्यवसायमा होमिएकी लामा यसअघि टानको कार्यसमिति सदस्य थिइन् ।

व्यवसायमा महिला सहभागिता र सशक्तिकरणसँगै समग्र पदयात्रा व्यवसायीहरुको एजेण्डा बोकेर भदौ २० गते हुन लागेको टानको निर्वाचनमा महासचिवको प्रत्यासीको रुपमा मैदानमा उत्रिएकी लामाले बताइन् । टानलाई पारदर्शी, व्यवसायिक र उन्नत संस्थाको रुपमा स्थापित गराउन समेत भूमिका खेल्नेछु लामाले भनिन्,´।

व्यवसायसँगै सामाजिक सेवामा समर्पित लामा विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका निर्बाह गरिसकेकी छिन् । हाल उनी रिमठिम नेपालकी महासचिव रहेकी छिन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका