लिम्बुवान मञ्च साउदीको अध्यक्षमा माबो

रबिन थुलुङ राई संवाददाता
साउदी

सङ्घीय लिम्बुवान सामाजिक मञ्च साउदी अरबको अध्यक्षमा वसन्त चेन्जी माबो चयन भएको छ । जुबेलस्थित अन्नपूर्ण रेस्टुरेन्टमा भएको तेस्रो अधिवेशनबाट माबोलाई चयन गरेको हो ।

अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष लोकेन्द्र फियाक, उपाध्यक्षहरू खड्का आङ्देम्बे, उपाध्यक्ष भिमा लिम्बु, उपाध्यक्ष टेकबहादुर पौडेल, उपाध्यक्ष केन्द्र लिम्बु, महासचिव सुमन सहयात्री योङहाङ, उपमहासचिव मोतीराज चेम्जोङ, अर्थ सचिव प्रेम इजम लिम्बु, सचिव मोतिहाङ सोदेम्बा लिम्बु, सहअर्थसचिव सन्चमान लिम्बु, सहसचिव सबिन लिम्बु चयन भएका छन् ।

त्यसैगरी सदस्यहरू क्रमशः पुष्प राई, अहितबहादुर लिम्बु, राममाया तामाङ, लोकबहादुर लिम्बु, चित्रकुमार चाम्लिङ राई, राजेश माबो लिम्बु, जयन्ती अन्छङ्बो, तुम्हाङ लिम्बु, जेम्स माङ्लाक, सन्तोष काम्बाङ, इन्दिरा श्रेष्ठ, योगकुमारी लिम्बु, बमबहादुर लिम्बु, लोकबहादुर फागो, विजय प्रकाश लिम्बु, प्रेम लिङ्देन, सुर्य मगर, अनन्त बिक, रामकुमार लिम्बू, सुमन सिंह, दलबहादुर लिम्बु, गीता थापा, राजकुमार राई, सचिन कुमार लिम्बु रहेका छन् ।

लिम्बुवान मंचको संरक्षकमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका केन्द्रीय सदस्य श्री यावा लिम्बु, त्यसैगरी प्रमुख सल्लाहकार रोशन श्रेष्ठ सल्लाहकारहरू राजेश सेन्दाङ, सञ्जय तुम्बाहाम्फे, भगिश्वर माबो रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि सङ्घीय लोकतान्त्रिक सामाजिक मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले भर्चुअलबाट शुभकामना दिँदै लिम्बुवान सामाजिक मञ्चका बारेमा स्पष्ट पारेका थिए ।

त्यस्तै लोकतान्त्रिक सामाजिक मञ्चका केन्द्रीय सदस्य श्रीप्रसाद यावा लिम्बुले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा नेपाली दूतावासकी द्वितीय सचिव तारा गौतम, आदिवासी जनजाति महासङ्घ साउदीका संरक्षक ओम घले, अध्यक्ष खेम गुरुङ, किराँत राई यायोक्खा साउदीका अध्यक्ष चित्र कुमार चाम्लिङ, समाजसेवी वीरेन्द्र चौधरी, अन्तर संस्था समन्वय समितिका अध्यक्ष कृष्ण पुरी, आदिवासी जनजाति साहित्य लेखक सङ्घ साउदीका सचिव सञ्जय तुम्बाहाम्फे, सङ्घीय लिम्बुवान सामाजिक मञ्च मलेसियाका अध्यक्ष शुक्र थाम्सुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यसै गरी भर्चुअलबाट कार्यक्रममा सङ्घीय लिम्बुवान मञ्च कतारका सचिव भबिन्द्र तुम्बपो, इजरायलका महासचिव गीता तुम्बाहाम्फे, नेपाल मगर सङ्घ साउदीका कार्यवाहक अध्यक्ष इमान सिङ थापा, नेवा समाजका रोशन श्रेष्ठ, एकीकृत विश्वकर्मा अन्तर्राष्ट्रिय समाजका भीमबहादुर विश्वकर्मा, तामाङ घेदुङका क्षेत्रीय अध्यक्ष विजय लामा, दिदीबहिनी समूहका सल्लाहकार राममाया तामाङ, हेल्प मधेसी साउदीबाट प्रतिनिधि बब्लु कुमार शाह उपस्थित रहेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका