मानेडाँडा गौतम बुद्ध स्तुपालाई आर्थिक अभाव

धनकुटा

धनकुटाको पाख्रिबास नगरपालिका–५डिकुरेमा रहेको मानेडाँडा गौतम बुद्ध स्तुपा पार्क निर्माण कार्य रोकिएको छ । 

पुरानोलाई भत्काएर २५ फिट अग्लो मुर्ति वनाउने योजना रहेकोले यसमा आर्थिक अभाव भएको हो ।  

निर्माण सम्पन्न गर्नका लागि ३ करोड खर्च लाग्ने अनुमान गरिएको  निर्माण समितिका अध्यक्ष निमा मोक्तानले जानकारी दिए । उनका अनुसार अहिले आर्थिक वर्ष २०७५÷०७६ मा छुट्याईएको वडा र नगरको १० लाख बजेटले बाटोको सिँढी र फलामको रेलिङ बार बनाइरहेको छ ।  

समितिका अध्यक्ष मोक्तानले यसका लागि नगरपालिकाबाट यस वर्ष पर्याप्त बजेट छुट्याउनुपर्ने बताए ।

धार्मिक पर्यटकिय स्थलको रुपमा विकास गर्ने उद्देश्यले गत चैत महिनादेखि पुननिर्माणको कार्य सुरु गरिरहेको वडाध्यक्ष गोपाल थापाले बताए । उनले  प्रदेशबाट ६४ लाख मात्र दिने हुँदा बजेट अभावले निर्माण कार्य रोकिएको बताए । 

प्रदेश नम्वर १ कै पर्यटकीय गन्तव्यको सम्भावना बोकेको उक्त क्षेत्रबाट भोजपूर, संखुवासभा, पाँचथर, ताप्लेजुङ र मकालु कञ्चनजंघा हिमालको मनोरम दृश्यहरु अवलोकन गर्न सकिन्छ । 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका