ग्लोबल आइएमईको हिलेमा पनि शाखा संचालन

मालती मोक्तान संवाददाता
0 Shares
धनकुटा

ग्लोबल आइएमई बैंकले धनकुटा जिल्लाको हिले बजारमा मंगलबारदेखि औपचारिक रुपमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

शाखाको धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, नेपाल प्रहरीका एसपी सुदर्शन कोइराला, धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष उमेश घिमिरे र बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मंगलबार आयोजित एक समारोहबीच संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा बोल्दै मेयर तामाङले बैंक तथा वित्तीय संस्थाहरुले ठूला उद्योगपतिहरुलाई मात्र नभई साना किसान तथा व्यवसायीलाई पनि सहयोग गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले ‘सबैका लागि बैंक’ भन्ने बैंकको मुल नारालाई चरितार्थ गर्दै देशको सबै क्षेत्रमा सेवा पु¥याउने बताए ।

बैंकिङ सेवाको पहुँचभन्दा टाढा रहेका अन्य क्षेत्रमा पनि सम्भव भएसम्म बैंक शाखा विस्तार गर्दै जाने बताउँदै अध्यक्ष ढकालले भने, शाखा विस्तार गर्न सम्भव नभएका स्थानमा शाखारहित बैंकिङ सेवाका माध्यमबाट सेवा विस्तार गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष ढकालले बैंकले प्रदान गरिरहेका सुविधाहरु जस्तै साना व्यवसायी कर्जा, कृषि कर्जा, घर कर्जा, रेमिट्यान्स सुविधा लगायतका सेवाको माध्यमबाट यस क्षेत्रको आर्थिक सम्वृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

बैंकले हाथवे फाइनान्ससँग एकीकृत कारोबार सुरु गर्न अन्तिम तयारी गरिरहेको बताउँदै उनले जनता बैंक नेपालसँग पनि मर्जरमा जाने सहमति गरेको जानकारी दिए ।

धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष घिमिरेले बैंकले साना तथा स्थानीय व्यवसायीलाई फाइदा पुग्ने बताउनु भयो । उहाँले बैंकको कर्जा सरल र सुलभ बनाउन पनि आग्रह गर्नुभयो ।

यससँगै बैंकको शाखा कार्यालयको संख्या १४२ पुगेको छ । हाल बैंकले १४८ एटीएम, १८४ शाखारहित बैंकिङ सेवा, ३० वटा राजश्व संकलन तथा एक्टेन्सन काउन्टर तथा ३ अन्तर्रा्ष्ट्रिय सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

कार्यक्रममा हाथवेका अध्यक्ष अम्विका प्रसाद पौडेल,फाईनाईन्स सञ्चालक नवराज नेपाल, सहित हिलेमा विभिन्न वैंकका प्रमुख एवम् प्रतिनीधि,व्यवसायी,व्यापारी वुद्धीजीवि लगायतको उपस्थिति रहेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका