रसुवाको ठाडेमा सुमो दुर्घटना‚ एकको मृत्यु‚ ६ जना घाइते

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ६ ठाडेमा टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मङ्गलवार साँझ काठमाडौँबाट सदरमुकाम धुन्चेतर्फ जाँदै गरेको ना१ ज ६१७६ नम्बरको टाटासुमोले पैदलयात्रीलार्इ ठक्कर दिँदा चार वर्षिया नैना घलेको मृत्यु भएका थिए भने २ पैदल यात्री र सुमोमा सवार ४ जना घाइते भएको हुन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार सुमोमा सवार ऊर्जा घले, करण घले, चालक छिरिङदोर्जे तामाङ, निमादोर्जे तामाङ गम्भीर घाइते भई त्रिशूली अस्पताल र काठमाडौँको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।

त्यस्तै पैदल यात्री रमेश लोप्चन र पाङसाङ घले जिल्ला अस्पतालमा उपचारपछि घर फर्केका छन् ।

टाटासुमो सडकबाट करिब ५० मिटर तल झरेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका