सामान्य अङ्कले बढ्यो नेप्से, अन्य सूचक यस्तो छ

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

साताको चौथो कारोबार दिन नेपाल स्टक एक्सचेन्ज ९नेप्से० सामान्य अङ्कले बढेको छ । मङ्गलवार दोहोरो अङ्कले घटेको सेयर बजार बुधवार एक दशमलव ८२ अङ्कले बढेर दुई हजार सात सय ३४ दशमलव ९४ विन्दुमा पुगेर कारोबार बन्द भएको हो ।

कारोबार रकममा पनि सामान्य वृद्धि भएको छ । नेप्सेमा २२७ कम्पनीको ७४ लाख ४५ हजार २२७ कित्ता सेयर खरिद बिक्री हुँदा चार अर्ब २१ करोड ७४ लाख बराबरको कारोबार भएको छ ।

मङ्गलवार पनि नेप्सेमा चार अर्ब १६ करोड ५८ लाख बराबरको कारोबार भएको थियो । बुधवार सबैभन्दा बढी कारोबार नेपाल दूरसञ्चार कम्पनीले गरेको छ । यस बैङ्कले २६ करोड १५ लाख भन्दा बढीको कारोबार गरेको छ ।

बुधवार कारोबारमा आएका बैङ्किङ, व्यापार, जीवन बिमा समूहको सूचकबाहेक सबै समूहको सूचकमा सामान्य अङ्कको गिरावट आएको छ । एउटा कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । सेयर मूल्यमा उच्च वृद्धि हुने कम्पनीमा मैलुङ खोला जलविद्युत कम्पनी छ । यस कम्पनीको सेयर मूल्य नौ दशमलव ४७ प्रतिशतले बढेर प्रतिकित्ता ५६५ रुपैयाँ पुगेको छ ।

बुधवार गोर्खाज फाइनान्स, उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी, र एनआईसी एसिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै नोक्सान व्यहोरेका छन् । बुधवार यी कम्पनीको सेयर मूल्य दुई प्रतिशत भन्दा बढीले ओरालो लागेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका