रानिटार माविको व्यवस्थापन समितिको अध्यक्षमा गुरुङ

पाँचथर

पाँचथरको फिदिम नगरपालिका वडा नं.७ स्थित रानिटार माविका व्यवस्थापन समितिको अध्यक्षमा टंक गुरुङ चयन भएको छ । बुधबार विद्यालयका शिक्षक, अभिभावक, बुद्धीजिवी, शिक्षा प्रेमी, जग्गादाता लगायतको भेलाले गुरुङको अध्यक्षतामा नौ सदस्यीय नयाँ विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो ।

शिक्षा ऐन २०२८ मा प्रत्येक तीन वर्षमा नयाँ समिति चयन गर्नुपर्ने व्यवस्था भए अनुसार पहिलेको समितिलाइ विगठन गरी नयाँ समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक भक्त बहादुर राईले जानकारी दिए । अध्यक्षसँगै सदस्यहरुमा भिमा कुमारी दुलाल बाँस्कोटा, पर्वत राई, श्रीमाया नेम्वाङ, मनकुमारी सेलिङ धमला, जलकुमार गुरुङ, गोपाल गुरुङ(जनप्रतिनिधि) चयन गरिएको राइले बताए ।

शिक्षा ऐनमा सामुदायिक विद्यालयमा व्यवस्थापन समितिले विद्यालय सञ्चालनको लागि प्राप्त साधन र स्रोतको परिचालन गर्ने विद्यालयको चल-अचल सम्पत्तिको लागत राख्ने, सुरक्षा गर्ने, विद्यालयको शैक्षिक, भौतिक तथा आर्थिक तथ्याङ्क र विवरण अद्यावधिक गराई राख्ने, विद्यालयको वार्षिक बजेट स्वीकृत गर्ने र त्यसको जानकारी गाउँ शिक्षा समिति र जिल्ल शिक्षा कार्यालयलाई दिने, विद्यालयमा स्वच्छ शैक्षिक वातावरण कायम राख्न राजनैतिक, धार्मिक वा साम्प्रदायिक भावनाको आधारमा विद्यालयको वातावरण धमिल्याउन नदिने,जिल्ला शिक्षा कार्यालयबाट खटिएको शिक्षकलाई हाजिर गराई काममा लगाउने, जिल्ला शिक्षा कार्यालयले तोकेको लेखापरीक्षकबाट विद्यालयको वार्षिक लेखापरीक्षण गराउने, लेखापरीक्षकको प्रतिवेदन अनुसार तत्काल आवश्यक कारबाही गर्ने र त्यसको प्रतिवेदन जिल्ला शिक्षा कार्यालयमा पेश गर्ने, जिल्ला शिक्षा समिति र जिल्ला शिक्षा कार्यालयले दिएको आदेश तथा निर्देशनहरुको पालना गर्ने, आफैले नियुक्त वा बढुवा गरेका शिक्षकको लागि तोकिए बमोजिमको पारिश्रमिक तथा सुविधाको व्यवस्था गर्ने, शिक्षाको गुणस्तर कायम गर्ने सम्बन्धमा शिक्षक अभिभावक संघ गठन गर्ने जस्ता काम कर्तव्यहरु तोकिएका छन् ।

साथै मनकुमार तामाङको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघको पनि गठन गरिएको प्रधानाध्यापक राईले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका