नेपाली कांग्रेसका नेता तामाङद्वारा खेल सामाग्री सहयोग

सैलुङअनलाइन संवाददाता
बारा

बारा जिल्लाका निजगढ नगरपालिका-९ का बालबालिकाहरुलाई नेपाली कांग्रेसका नेता एवं समाजसेवी आशिष तामाङले फुटबल लगायत खेल सामाग्री सहयोग गरेको छ ।

निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालका स्वकीय सचिव समेत रहेका तामाङले बुधबार फुटबल एवं खेल सामाग्री सहयोग गरेको हो ।

बालबालिकाहरु किशोरावस्थाबाट नै फुटबल खेल्न सहयोग गरि फुटबलको बिकास गर्ने वातावरण बनाउन सहयोग गरेको तामाङले बताए । उनका अनुसार खेलकुद प्रवद्र्धन गर्न आफुले थप सहयोग गर्न तयार रहेका छन् ।

कार्यक्रममा निजगढ फुटबल क्लवका कोषाध्यक्ष स्वर्ण लामा, प्रशिक्षक सन्तोष गुरुङ लगायतको सहभागिता रहेका थिए । नेता तामाङले यसअघि समेत विपन्न परिवारलाई लत्ताकपडा सहयोग गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका