लिसंखुपाखर कांग्रेस सभापतिमा तामाङ

सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, लिसंखुपाखर गाउँपालिका नेपाली कांग्रेसका सभापतिमा जेठा तामाङ(जोगलाल) चयन भएको छ । तामाङ पालिका कांग्रेसको मंसिर ७ गते भएको अधिवेशनबाट चयन भएको हो ।

पालिका अधिवेशनबाट उपसभापति कर्म ढुण्डुप लामा र भीमलाल लामा, सचिव मिङ लामा, नरेश कुमार तामाङ, सहसचिव आयुष श्रेष्ठ र बिकास योन्जन रहेका छन् ।

त्यसैगरी सदस्यहरु क्रमशः लालकुमार योन्जन, सन्दीप सुन्दास, चन्द्रकुमारी लामा, सुनिता नेपाली, शर्मालाल लामा, रोशन लामा, शर्मिला लामा, तेजबहादुर लामा, दावा घ्याम्चो लामा, निमा डोल्मा लामा, भरत श्रेष्ठ, काले तामाङ, तारादेवी खड्का, शम्भु खत्री, गोर्खाध्वज तामाङ, दावा सांगे तामाङ चयन भएका छन् ।

नवनिर्वाचित सभापति तामाङले लोकतान्त्रिक पद्धतिमा रहेर समानुपातिक समावेशी ढंगले पार्टीको कार्य अगाडि बढाउने बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका