ब्रत बसेकी पत्नीको हत्या

Manu Thakuri
Manu Thakuri
0 Shares
काठमाडाैं

रुकुम पश्चिको मुसिकोट नगरपालिका-३ कि २५ वर्षीया कमला बुढाथोकीको हत्या भएको छ ।

सोमबार तीजको ब्रत बसेर साँझ पूजा गरिरहेका बेला मादक पदार्थ सेवन गरी आएका पति नविन खड्काले खुर्पा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । छोरा गौरवले भने, ‘साँझ आमाले पूजा गर्दै थिइन्, त्यही बेला बुवा आएर आमासँग पैसा माग्नुभयो ।’

गौरवका अनुसार आमाले पैसा नदिएपछि विवाद भएको थियो । कमलाले प्रसाद लगाइदिँदै गदौ नविनले खुर्पा प्रहार गरेको बताइएको छ । खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अाजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका