एमाले महाधिवेशन : उम्मेदवारका आ-आफ्नै शैली

लक्ष्मण पौडेलर संचारकर्मी
बुटवल

नेकपा एमालेका केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरी पार्टीको दशौं महाधिवेशनको दौरानमा धेरै पटक बुटवल-काठमाडौँ ओहोरदोहोर गरे । रुपन्देही तिलोत्तमा नगरपालिका निवासी उनी पार्टीको केन्द्रीय कमिटी बैठकमा भाग लिन काठमाडौँ जानु बाध्यता हो । तर, उनी अरू नेताजस्तै निजी गाडी वा विमानमा होइन, सार्वजनिक गाडीमा हिँड्छन् र काठमाडौँमा पुगेर खुमलटारस्थित एक गेस्ट हाउसमा सय रुपैयाँको खाना खान्छन् र दुई सय रुपैयाँको बेडमा रात बिताउँछन् ।

नार्कको कृषि अनुसन्धान परिषद्को उक्त गेस्टहाउसबाट पार्टीको बैठकमा जाँदा कहिल्यै गाडी रिजर्ब गरेनन् । उक्त गेस्ट हाउस परिषद्को भए पनि व्यक्तिले सञ्चालन गरिरहेका छन् । त्यहाँबाट कहिले सार्वजनिक बस त कहिले पठाओको सवारीसाधन बोलाए र बैठकस्थल पुग्छन् । उनको यो क्रम अहिले पनि जारी छ । सरल र सादगी नेताको परिचय बनाएका गिरी फेरि केन्द्रीय सदस्यमा दोहोरिने तयारीमा छन् । ुम फेरि केन्द्रीय सदस्यमा उठ्छु, अझै एक कार्यकाल पार्टीको केन्द्रीय कमिटीमा रहेर काम गर्ने इच्छा छ,ु उनी भन्छन् । उनी हरेकपल्टको बैठकमा काठमाडौँ जाँदा त्यही दुई रुपैयाँ पर्ने होटेलमा बास बस्ने गरेको र टुटल, पठाओमा यात्रा गर्ने गरेको सुनाउँछन् । ुनेतामा सरलता र सादगी जीवनशैली भएन भने जनताले विश्वास गर्दैनन्,ु उनको भनाइ छ ।

गिरीले कतिपय महाधिवेशन प्रतिनिधिलाई भेटेर र कतिपयलाई फोन गरेर आफूलाई सहयोग गर्न आग्रह गरिसकेका छन् । भेट्न नपाएकाहरूलाई महाधिवेशन स्थलमै कुरा गरेर आफ्नो उम्मेदवारीबारे जानकारी गराउने उनको तयारी छ । ुकेन्द्रीय सदस्यमा मलाई सबैले विश्वास गर्छन् भन्ने विश्वास छ,ु उनी भन्छन् ।

गिरी लुम्बिनी प्रदेश सभा सदस्य पनि हुन् । शङ्कर पोखरेल नेतृत्वको सरकारमा गिरी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री थिए । २०७४ सालमा रुपन्देही(२ को प्रदेश सभा १ बाट उम्मेदवार हुँदा पनि उनको बेग्लै शैली थियो । बिहान, बेलुका घरमा गाई दुहुने र डेरीमा लैजाने र दिनभर चुनावमा खटिने उनको दिनचर्या थियो । २०६४ सालको संविधान सभा चुनावमा उनी रुपन्देही(३ बाट काँग्रेस नेता बालकृष्ण खाँणसँग पराजित भएका थिए ।

सरल नेताका रूपमा चिनिएका गिरीको शैलीलाई सबैले अनुसरण गर्नुपर्ने एमाले महाधिवेशन प्रतिनिधि मोहन चापागाईँ बताउँछन् । ुयस्तो सादगीपन कमै मात्र नेतामा पाइन्छ, स्वच्छ छविका नेताहरूलाई नै महाधिवेशनले चुन्ने हाम्रो विश्वास छ,ु उनी भन्छन् ।

सरल जीवनशैलीलाई अङ्गाल्ने र सुविधाप्रति कुनै मोह नभएका दधिराम न्यौपानेले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै छन् । तत्कालीन माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य उनी नेकपा विभाजनसँगै एमाले रोजेका थिए । त्यसपछि माओवादीले कारबाही गर्दा न्यौपानेको प्रदेश सांसद पद गुमेको थियो । लुम्बिनी प्रदेशको अर्थ तथा पर्यटन समितिका तत्कालीन सभापति हुँदा उनलाई गाडीलगायत राम्रै सुविधा थियो । तर, उनले त्यसको परवाह नगरी एमाले रोजे र सांसद पद त्यागे । ुमेरा लागि पैसा कमाउनु ठुलो कुरा होइन, सेवा गर्नु मुख्य कुरा हो,ु उनी भन्छन् ।

मजदुर आन्दोलनबाट उदाएका कमल गौतम पनि सरल नेताको रूपमा चिनिन्छन् । रुपन्देहीबाट मजदुर कोटामा महाधिवेशन प्रतिनिधि रहेका गौतमले पनि केन्द्रीय सदस्यमा लड्ने घोषणा गरेका छन् । उनी हाल जिफन्टको केन्द्रीय उपाध्यक्ष छन् ।

सादा जीवनशैलीलाई अङ्गाल्ने र तल्लो वर्गको श्रमजीवी मजदुरसँग हातेमालो गर्ने भएकाले सबै प्रतिनिधिले विश्वास गर्ने गौतमको अपेक्षा छ । विकासका दृष्टिले मुलुक कै नमुना कहलिएको र नेपाल नगरपालिका सङ्घबाट पुरस्कार हात पारेको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले पनि केन्द्रीय सदस्यका लागि उम्मेदवारी दिँदै छन् । ुधेरै प्रतिनिधिहरूको चाहनाअनुसार मैले उम्मेदवारी दिने सोच बनाएको छु,ु उनले भने । उनले तिलोत्तमा अन्तर्राष्ट्रिय लगानी सम्मेलन गरेर अर्बै रकम जुटाएका थिए । सोही लगानी सम्मेलनको फलस्वरूप ४० अर्ब लागतमा दुग्ध प्रशोधन उद्योग तिलोत्तमामा स्थापना हुँदै छ । आफू जनताको विश्वास जितेर काम गर्न केन्द्रीय कमिटीमा जान चाहेको उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका