‘सेलो सङ्गीत महोत्सव २०७८’ हुने

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

नेपाल तामाङ कलाकार सङ्घले ‘दोस्रो तामाङ मौलिक सेलो सङ्गीत महोत्सव २०७८’ गर्ने भएको छ । बिहीबार तामाङ घेदुङको सभा हलमा पत्रकार सम्मेलन गर्दै सङ्घले आगामी मङ्सिर २४ र २५ गते दुई दिने महोत्सव गर्ने भएको हो ।

कार्यक्रमको मूल आकर्षणको रूपमा ताम्बा संस्कृति रहने सङ्घका अध्यक्ष विश्व दोङले जानकारी दिए । उनका अनुसार ताम्बाहरुद्वारा डम्फुको महत्त्वलाई प्रस्ट्याउने र ताम्बा संस्कृति गीतहरूको प्रस्तुति हुनेछ ।

कार्यक्रममा तामाङ संस्कृति सभ्यतासँग सम्बन्धित सबै कुरा समेटिएको प्रस्तुतिहरू हुने आयोजकले जनाएको  छ ।

सङ्घले प्रत्येक वर्ष गर्ने भनिएको महोत्सव कोरोनाको कारणले गर्न नसकिएको जनाएको छ ।

महोत्सवमा सेलो‚ म्हेन्दोमाया‚ खन्दोके र फापारे गीत नृत्यहरू प्रस्तुति हुनेछन् ।

यसअघि सङ्घले तामाङ सेलो सङ्गीत तथा खाना महोत्सव २०७६ सम्पन्न गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका