निर्माणाधीन पुल भाँचियो

पत्रपत्रिका
पत्रपत्रिका
0 Shares
बारा
सांकेतिक तस्विरू

गौर नगरपालिका–४ गढवामा बन्दै गरेको पुल भाँचिएको छ । निर्माण कार्य अन्तिम चरणमा रहेका बेला पुल तन्काउने क्रममा बीच भागमा चर्किएर भाँचिएको हो ।

४० मीटर लामो पुल निर्माण कन्काई इन्टरनेसनल बिल्डर्सले ५ करोड ६३ लाख ४ हजारमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले २०७४ कात्तिक २८मा काम सुरु गरी २०७६ भदौ २७ गते सक्ने गरी सम्झौता गरेको थियो । ८० प्रतिशत काम सकिएपछि पुल भाँचिएकाले काम बन्द भएको सडक डिभिजन चन्द्रनिगाहपुरका इन्जिनिएर मदन मोहनकुमार सिंहले बताए ।

प्रिएस्टेस प्रविधिको पुलको विज्ञ नभएकाले निर्माणकै क्रममा भाँचिएको बताइएको छ । प्रिएस्टेस प्रविधिको पुल नेपालमा सुरु भएको २/३ वर्ष मात्र भएको छ । यो प्रविधिमा पुलको एकातर्फ ७ वटा प्वाल बनाइएको हुन्छ । एउटा प्वालमा १९ वटासम्म ठुला तारको लट्ठा लगाइएको हुन्छ । त्यही तारको मद्दतले पुललाई माथि उठाउने र तन्काउनुपर्छ ।

पहिला पुल निर्माणमा मोटो डन्डी धेरै लगाइन्थ्यो । अहिले खर्च कम गर्न प्रोएस्टेस प्रविधिको पुल निर्माण गर्न सडक विभागको जोड छ । यो प्रविधिमा पुलमाथि उठाउन बीचको भागलाई तन्काउनुपर्छ । तन्काउने क्रममै पुल भाँचिएको इन्जिनिएर सिंहले बताए ।

नयाँ बनाउने वा यसैलाई मर्मत गर्ने भन्नेबारे विभागले टुंगो लगाइसकेको छैन । पुलको डिजाइन तयार हुनासाथ साविकको सडकभन्दा झन्डै १० फिट अग्लो पुल निर्माण हुने भनिएपछि समस्या ल्याउने भन्दै गौर नगरपालिकाका मेएर अजय गुप्ताले विरोध जनाएका थिए ।

निर्माण व्यवसायी अरविन्द जैसवालले यस्तो प्रविधिको पुल निर्माण गर्दा विज्ञ आवश्यक पर्ने भए पनि विज्ञ नभएको बताए । ‘पुललाई मिस्त्रीको भरमा तन्काउन खोज्दा भाँचियो,’ उनले भने ।

ठेकेदारले सम्झौता गरेको समय दस दिन मात्र बाँकी छ । विभागको निर्णयको पर्खाइमा रहेको ठेकेदार बताउँछन् । अाजको कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया