मेलम्चीका कामदारले भुक्तानी नपाएसम्म काम अघि बढ्न नदिने

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
सिन्धुपाल्चोक

मेलम्ची खानेपानी आयोजना पीडित संघर्ष समितिले मेलम्चीमा धर्ना कार्यक्रमको घोषणा गरेका छन् ।

मेलम्ची खानेपानी आयोजना छाडेको निर्माण कम्पनी सीएमसीबाट भुक्तानी नपाएसम्म सिनो हाइड्रोलाई काम गर्न नदिने घोषणा गरेका हुन् ।

स्थानीय मजदुर, सहायक निर्माण कम्पनी र सप्लायर्सले बाँकी रकम नपाउँदासम्म नयाँलाई काम अघि बढाउन नदिने घोषणा गरेका हुन् ।
समिति बनाएर प्रतिवेदन दिइसकेको अवस्थामा सरकारले समाधानको पहल नगरेको भन्दै मेलम्चीस्थित आयोजनाको कार्यालयमा आजदेखि पीडितहरू धर्ना बस्दै छन् ।

गत साता जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा सात दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाएको समितिका संयोजक विष्णुमणि आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका