कृषि र पशु शाखा कार्यक्रम सम्पन्न 

कार्यक्रम प्रभावकारी

धनकुटा

छथरजोरपाटी गाउपालिकाको आर्थिक वर्ष २०७५÷०७६ मा कृषि र पशु शाखामार्फत १ करोड विनियोजित बजेटको कार्यक्रम एवं योजना सबै वडाहरुको सम्पन्न भएको छ ।

पशु शाखामा ५३ लाख र कृषिमा ५५ लाख विनियोजित गरेका थिए । 

पशु शाखामार्फत गाईभैसी, बंगुर र बाख्रा फार्म व्यवसायीलाई प्रति ६ लाखका दरले अनुदान दिएको पशु शाखा प्रमुख राजकुमार राईले बताए । 

त्यसैगरी बाख्रा फार्म सञ्चालक वडाका ३ जना किसानहरुलाई २ लाख ५० हजार, बंगुर फार्म सञ्चालक ३ वटा वडाका ३ जना किसानलाई २ लाख ५० हजार दिएको छ । 

यूवालक्षित विशेष पशु उत्पादन बजार प्रवद्र्धनमा दुग्ध उत्पादक सहकारी, फ्रेस हाउसहरुलाई १६ लाख अनुदान वितरण गरिएको प्रमुख राईले जानकारी दिए । 

त्यस्तै पशुनश्ल सुधार तथा यान्त्रिकरण ५० प्रतिशत अनुदानमा पालिका भित्रका तिन जना कृषकहरुलाई वयर जातको बोका वितरण गरेको छ ।

सगरमाथा दुग्ध चिस्यान एवं वितरण सहकारी संस्थालाई पशुचौपाया उपचारका लागि ७५ हजारको  औषधी, दुग्ध बजारीकरण कार्यक्रम अन्तरगत मकालु गाई फार्मलाई मिनि ल्याव निमार्णका लागि २ लाख, यान्त्रिकरण वितरण कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा १५ थान च्याप कटर मेशिन वितरण गरेको थियो ।  

त्यस्तै कृषि शाखामार्फत कृषकहरुलाई १८ सय ५१ केजि उन्नत जातका मटरको विउ, ५० प्रतिशत अनुदानमा १० ओटा इस्प्रे, १० ओटा प्लाष्टिकका टनेल वितरण गरिएको छ  । रसायनिक मल न्यूनीकरणका लागि ८० जना भकारो सुधार कार्यक्रम सञ्चालन, मस्त्यपालनका लागि१ लाख २५ हजारको माछाको भुरा र १६ हप्ते कृषिपाठशाला कार्यक्रम सञ्चालन गरेको कृषि शाखा प्रमुख मिलन कार्कीले जानकारी दिए । 

गाउँपालिका उपप्रमुख भिमकला श्रेष्ठको संयोजकत्वमा गठित टोलीले सबै वडामा सो बजेटको कार्यक्रमहरु अनुगमन गरेका थिए । उनीहरुले कार्यक्रम प्रभावकारी भएको उल्लेख गरेका छन् । 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया