मन्त्री भट्टराईलाई प्रमुख अतिथि नबनाउन नेवाः दे दबूलाई ज्ञापन पत्र

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

नेवारहरुको साझा सामाजिक संस्था नेवाः दे दबूले संस्थाको रजत जयन्ती विशेष समारोहमा संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाउने निर्णयको नेवारहरुकै एउटा समूहले ज्ञापनपत्र मार्फत् विरोध जनाएको छ ।

काठमाडाैं उपत्यकामा भएका सांस्कृतिक अतिक्रमण, जातीय बहिष्करण र भूमि हस्तक्षेप बिरुद्ध लड्न संगठित नेवाः राजनीतिक अभियानले मन्त्री भट्टराईलाई प्रमुख अतिथि बनाउने निर्णयको विरोध जनाएका हुन् ।

नेवाः दे दवू २५ वर्ष पुगेको अवसरमा भोलि भदौ १९ गते आयोजना गर्न लागिएको रजत जयन्ती समारोहमा मन्त्री भट्टराईलाई बनाए नेवारहरुले विरोध जनाउने र सोबाट उत्पन्न हुने अप्रिय घटनाको देय् दवू स्वयं जिम्मेवार हुने चेतावनी समेत ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

गत २०७५ साल पुष १० गते मन्त्री भट्टराईले नेवारहरुको पहिचानसित सम्बन्ध गाँसिएको ठमेलको कमल पोखरी मासेर निर्माण गरिएको छाँयादेवी कम्प्लेक्स सांसदको हैसियतमा नेवारहरुको नाराबाजी र विरोधकै माझ पछाडिको ढोकाबाट प्रवेश गरी उद्घाटन गरेर एक किसिमको नेवार समुदाय विरोधी कार्य गरेकोले मन्त्री भट्टराईलाई प्रमुख अतिथि बनाउन नहुने नेवा राजनीतिक अभियानले विज्ञप्तीमा जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ- ‘गएको २०७५ पुष १० गते थँबहि (ठमेल) को कमलपोखरीलाई समाप्त पारेर छाँयादेवी कम्प्लेसको उद्घाटन गर्ने अहिलेका संस्कृति पर्यटन मन्त्री योगेश भट्टराईलाई प्रमुख अतिथि बनाएकोमा साह्रै दुःख लाग्यो । नेवाःहरुको पहिचानसित सम्बन्ध भएको कमलपोखरीलाई समाप्त पारेको विरोध गर्दै एकातिर नेवाःहरुले संघर्ष गरिरहेको समयमा सांसदको हैसियतले पछाडिको ढोकाबाट गएर छाँयादेवी कम्प्लेस उद्घाटन गर्नुहुने मन्त्री भट्टराईको सो कार्य एक किसिमले नेवाः विरोधी कार्य हो । नेवाःहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूबाट उहाँलाई प्रमुख अतिथि बनाएकोमा हाम्रो घोर आपत्ति छ । उहाँलाई प्रमुख अतिथि नबनाउनका लागि अनुरोध पनि गर्दछौं । उहाँलाई प्रमुख अतिथि बनाएमा त्यहाँ नेवाःहरुले विरोध गर्यो वा कुनै पनि किसिमको घटना घट्यो भने त्यसको जिम्मेवारी स्वयं दे दबू नै हुनेछ भन्ने पनि स्पष्ट गर्न चाहन्छौं ।’

गुठी बचाऔं आन्दोलन, आरक्षण बचाऔं आन्दोलन र सडक बिस्तार संघर्षमा साथसाथ संघर्ष गरिरहेका नेवाः दे दबुको यो निर्णयले एकापसमा फाटो देखिन गएकोछ ।

यति मात्र नभई पछिल्लो समय राजतन्त्र समर्थकहरुले पूर्व युवराज पारस शाहलाई नेवार संस्कृति र सम्पदा स्थलहरुमा भ्रमण गराउन थालेपछि राजनीतिक रुपले भिन्न आस्था भएका नेवारहरु असन्तुष्ट रहेको जानकारहरुको भनाई छ ।

 

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका