संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालको साईप्रस शाखा समिति पुनर्गठन भएको छ । सेप्टेम्बर १ तारिख आइतबार निकोसियामा भएको भेलाले समितिको पुर्नगठनबाट गरिएको हो ।
भेलाले बालकुमार लिम्बु अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरिएको छ । समितिका उपाध्यक्षहरूमा सबिन सिगु, सपना लिम्बु, शान्ता खापुङ र डोलि योङ्हाङ, महासचिवमा मन्जु खुदाङ, उपमहासचिव प्यारिता आङ्देम्बे, सचिवहरू मुकुम इजम, देवी लावती, प्रतिमा सुब्बा र दिलु लिम्बु, अर्थसचिवमा नानू इजम, सहअर्थ सचिवद्वय दिपा योङ्हाङ र कौशिला लिम्बु चयन गरेका छन् ।
त्यसैगरी केन्द्रीय सदस्यहरूमा क्रमशः लिला लिम्बु, बबिना सुनुवार, सजनी तामाङ, सानो नाल्बो र एन्जि शेर्पालाई चयन गरेका छन् । सल्लाहकार समितिमा भने आशिका तुम्बापो, माया लिम्बु, कल्पना तोङ्हाङ र कविता योङ्हाङ रहेका छन् ।
विगतमा गठित लिम्बुवान सामाजिक मञ्च विविध कारण निष्क्रीय रहेकाले पुनर्गठन गरिएको नवगठित समितिका अध्यक्ष लिम्बुले बताए । देशमा पहिचान र समनताको आन्दोलन चर्किरहेका बेला साइप्रसमा रहेका प्रगतिशील युवाहरूको पनि आन्दोलनमा सबै खाले सहयोग हुनु पर्ने र उनीहरुले पनि युवा दायित्व पुरा गर्नु पर्ने जानकारी दिए ।