इटालीयन सरी ए युभेन्ट्सको सहज जित

सैलुङअनलाइन सैलुङअनलाइन
इटाली

इटालीयन सिरी ए मा युभेन्ट्सले सातौं जित निकालेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सले सालेरनितानलाई २-० अन्तरले पराजित गरेको हो ।

भ्रमणकारी टोली युभेन्ट्सको जितमा पाउलो डिबला र अल्भारो मोरटाले १ र १ गोल गरे ।

जितपछि युभेन्ट्स १५ खेलमा २४ अंकका साथ सातौं स्थानमा छ भने पुछारमा रहेको सालेरनितान मात्र आठ अंक जोड्दै तालिकाको पुछार तथा रेलिगेशन जोनमा छ ।

तपाईको प्रतिक्रिया