स्नेही काखलाई आर्थिक सहयोग

सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडौ

साउदी अरबमा कार्यरत युवाहरूले ‘नेपाल स्नेही काख’लाई २७ हजार आर्थिक सहयोग गरेको छ ।

हाल छुट्टीमा नेपाल रहेका विवेकशील नेपालीका साउदी संयोजक सूर्य स्याङ्तानले मंगलबार स्नेही काखकी अध्यक्ष श्रीनेहा पोखरेललाई रकम हस्तान्तरण गरेका हुन् ।

संयोजक स्याङ्तानले स्नेही काखले काठमाडौंका सडक पेटीहरुमा रहेका मानसिक रोगीहरुको उद्धार गरी उपचार तथा हेरचाह गर्ने गर्दै आएकोले सहयोग गरेको बताए ।

स्नेही काखलाई हस्तानतरित रकम भने रामबहादुर स्याङ्तान (तामाङ), हरि रेग्मी, मुकेश आले मगर र सम्पूर्ण थापामगरले सहयोग गरिएको संयोजक स्याङतनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया