खान्दोके सेलो ‘बैलासी थेबा’ सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

गायक एवं सञ्चारकर्मी प्रितमकुमार तामाङद्वारा अभिनीत खान्दोके सेलो ‘बैलासी थेबा’ सार्वजनिक भएको छ।

बुधबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी सो गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

गीतमा प्रितमकै शब्द र सङ्गीत रहेको छ भने सङ्गीत संयोजन दिपेश प्रधानले गरेका हुन् ।

आस्मान लोप्चनको निर्देशित र सम्पादनमा तयार पारिएको भिडियोमा प्रितम‚ सुष्मा मोक्तान, ईश्वर तामाङ, साया लामा तामाङ लगायतको अभिनय रहेका छन् ।

खान्दोके भाका प्राय मेलापातमा सुन्न सकिन्छ‚ गायक तामाङले भने‚‘यसलार्इ संरक्षण संवर्द्धन गर्नाको लागि भिडियोमार्फत कमर्सियल बनाएको हो ।’

बज्र ङेसुरद्वारा छायाङ्कन गरिएको भिडियोले उहिलेका बुढापाकाहरूका कथन सङ्कलित मायाका भावहरू उठान गरिएको  छ ।

तपाईको प्रतिक्रिया