अजय सिङ्तानको ‘मेरो डम्फु’ सार्वजनिक

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

अजय सिङ्तान लामाको ल्होछार गीत ‘मेरो डम्फु’ सार्वजनिक भएको छ । बिहीबार एक कार्यक्रमबिच सार्वजनिक गरिएको अडियो गीतमा शब्द तथा लेखन सिङ्तानकै रहेका छन्।

गीतमा सङ्गीत र एरेन्ज सङ्गीतकार एवं गायक चन्द्रकुमार दोङको रहेको छ । मिक्सिङ गोविन्द सोनिको हो भने जेनेरिक स्टुडियोमा रेकर्ड गरेका हुन् ।

कार्यक्रममा गायक दोङले ल्होछार सम्बन्धी गीत धर्मको परिधिभित्र रहेर उठान गरेको जानकारी दिए । ‘ल्होछारमा तामाङ समुदाय एकता नभएको देख्दा गीतको माध्यबाट भएपनि सुसूचित गरेको छ‚ उनले भने ।’

त्यस्तै नायक एवं डम्फु मिडियाका सञ्चालक अमिर दोङले सस्तोले तामाङ गीतसङ्गीतको उत्कृष्ट हराएको बताए । उनले अहिले सस्तोमा गीत बनाउँछ त्यसले गर्दा सबै उत्कृष्ट नआएको गुनासो गरे ।

सितोरियो कराँतेका प्रमुख प्रशिक्षक तथा अन्तर्राष्ट्रिय रेफ्री समेत रहेका लामाले ल्होछारप्रेमी समुदायको लागि विशेष प्राथमिकतामा राखेर गीत ल्याएको बताए ।

सिङ्तानको यो दोस्रो गीत हो भने उनले यस अघिका गीत ‘हामी खेलाडी’ आइसकेका छन् ।

तपाईको प्रतिक्रिया