जनजाति तर्फको प्रदेश सदस्यमा काँग्रेस नेता लामाको उम्मेदवारी

सैलुङअनलाइन संवाददाता
काठमाडौँ

नेपाली काँग्रेसका नेता दावादोर्जे लामाले प्रदेश सदस्यमा उम्मेदवारी घोषण गरेको छ । नेता लामाले कांग्रेसको आज सुरु भएको बागमती प्रदेशको जनजाति तर्फको सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

नेता लामा यसअघि दोलखा-२ (ख) बाट खुल्ला तर्फ प्रदेश प्रतिनिधि निर्वाचित भएका थिए ।

उम्मेदवार लामाले भने, ‘बागमती प्रदेशमा आदिवासी जनजातिहरूको नेतृत्व सुनिश्चित गर्न मेरो उम्मेदवारी हो ।’

लामा २०६२/६३ को जनआन्दोलनमा १२ दिन जेल परेका थिए । सानैदेखि राजनीतिमा होमिएका उम्मेदवार लामा प्रजातन्त्र पुनर्बहालीका लागि भएको २०४६ सालको जनआन्दोलनमा समेत ११ दिन जेल परेका थिए ।

उम्मेदवार लामाले नेपाली काँग्रेस दोलखाका क्षेत्रीय सभापति हुँदै जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । लामा शैलुङ काँग्रेसका निवर्तमान सभापतिसमेत हुन् ।

शैलुङ गाउँपालिका-३, भुरुंगाका उम्मेदवार लामाले विभिन्न कारण पीडित भएकाहरूलाई सहयोग गर्दै आएका छन् ।

थप यो पनि

प्रत्यक्ष तर्फको प्रदेश प्रतिनिधिमा लामा निर्वाचित

प्रदेश प्रतिनिधि पदमा लामाको उम्मेदवारी

तपाईको प्रतिक्रिया