कांग्रेस बागमती प्रदेश सभापतिमा तीन जनाको उम्मेद्‌वारी, आज मतदान

सैलुङअनलाइन संवाददाता
मकवानपुर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत बागमती प्रदेशमा सभापतिका लागि तीन जनाको उम्मेद्‌वारी परेको छ । प्रदेश राजधानी हेटौंडामा जारी अधिवेशनमा सभापतिका लागि भीमसेनदास प्रधान, गोविन्दराज जोशी र ईन्द्रबहादुर बानियाँको मनोनयन दर्ता भएको हो ।

उम्मेद्‌वारी दर्ता गराएका प्रधान कृष्णप्रसाद सिटौला पक्षका हुन् भने जोशी र बानियाँ सभापति शेरबहादुर देउवा पक्षका हुन् ।

प्रदेश निर्वाचन समिति बागमती प्रदेशका संयोजक केशवप्रसाद काफ्लेका अनुसार सभापतिमा आज शनिवार बिहान ९ बजेदेखि मतदान हुनेछ । प्रदेश प्रतिनिधिको रूपमा चुनिएर आएका २ हजार १३७ जना प्रतिनिधिले मत दिनेछन् । अधिवेशनबाट प्रदेश सभापति एक जना, उपसभापति दुई जना, महामन्त्री दुई जना, सह महामन्त्री तीन जनासहित ९१ जनाको प्रदेश कार्यसमिति चयन गरिनेछ ।

तपाईको प्रतिक्रिया