रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि एपीएफका लक्ष्मणको पोल्टामा

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवा माउन्टेन बाइक च्यालेन्जको उपाधि एपीएफका लक्ष्मण रानाले जितेका छन् । शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बने । पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन् ।

सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे ।  हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, विनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दसौँ भए ।

महिलातर्फ विजेता बनेकी हु मीले १३ औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन् । हु मीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन् । तेस्रो बनेकी इन्द्रकला नेम्वाङ्गले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । उषा खनाल चौँथो, इन्द्रकुमारी तामाङ पाँचौँ, विदिशा चौधरी छैटौं र शकुन्तला बुढा मगर सातौं भइन् ।

पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौँले ६ हजार, छैटौँले ५ हजार, सातौँले ४ हजार, आठौँले ३ हजार, नवौँले २ हजार र दसौँ स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने । उनले निर्धारित दुरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे । दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गरे । पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बने ।

जुनियर स्पर्धाको विजेता किरण लिम्बु बने । उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे । आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो बने । तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट २ सेकेन्डमा दुरी पार गरेका थिए । मास्टर्स र जुनियर विधाका विजेताले मेडलसहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे ।

कालिका गाउँपालिकाको कालिकास्थानमा रहेको सहिद द्वारबाट सुरु भई धुम्ति बजार , लामाटोल, गुम्वुडाँडा, स्याबारि, नौकुण्ड गाउँपालिकाको लोकिल, आरूखर्क,धार्मु, सर्स्यु, किमार्जोङ, खाल्चेत, जिवजिवे हुँदै हिमालयन क्याम्पसमा पुगि अन्त्य गरेको थियो ।

प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेश तथा जिल्ला साईक्लिङ संघ रसुवाको संयुक्त आयोजना भएको थियो । जिल्ला खेलकुद विकास समिति, जिल्ला साईक्लिङ संघ रसुवाको समन्वयमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ प्रतियोगिता गरेका हुन् ।

यस्तै महिला तर्फ प्युठानकी हुमी बुढा मगरले १ घण्टा ५३ मिनेट १३ सेकेण्डमा दूरी पार गरि प्रथम भएकी छन् । नुवाकोटकी लक्ष्मी मगरले १ घण्टा ५३ मिनेट १५ सेकेण्डमा पार गरि द्वितीय भएकी छन् । धरानकी ईन्द्रकला नेम्बाङ तृतीय भएकी छिन । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ७ हजार रुपैयाँ प्राप्त गरेको आयोजकले जनाएको छ ।

यस्तै चौथोदेखि दशौं स्थानसम्म आउनेलाई क्रमशः ७ हजार, ६ हजार, ५ हजार, ४ हजार, ३ हजार, २ हजार र १ हजार ७ सय नगद पुरस्कार प्रदान गरिएको छ ।

खेलकुदको विकास तथा जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको रसुवा साइक्लिङ संघका अध्यक्ष दावा तामाङलले बताए ।

तपाईको प्रतिक्रिया