रसुवाको नागुङका स्थानीयको आवाज-सडक आयो सहज भयो

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवाको साबिक धुन्चे गाविस वडा नम्बर ९ हालको गोसाईंकुण्ड  गाउँपालिका वडा नम्बर ६ नागुङमा भिर फुटाएर बनेको नागुङ कृषि सडकको ट्र्याक खोलिएपछि सडक बनेको छ ।

५० घुरघुरीलाई आवतजावतमा सहज भएपछि त्यहाँका स्थानीयहरूलाई सहज भएको छ ।

शनिवार गोसाईंकुण्ड गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङले सडक उद्घाटन गरेको  छ । अध्यक्ष तामाङले यो ट्र्याक मात्र खोलियो यसलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए । नागुङ गाउँका बासिन्दालाई आवतजावत गर्न माछा पालन लगायत विशेष गरी स्याउ तरकारी खेती बजारसम्म पुर्‍याउन‚ बिरामी पर्दा सहजता भएको छ‚ अध्यक्ष तामाङले भने ।

गोसाईंकुण्ड गाउँपालिकाले ५० लाख लागतमा गत वर्ष नै बन्नुपर्ने सडक विविध कारणले गर्दा ढिला भएको हो।

नागुङका स्थानीय निमादावा तामाङले यो सडकले यहाँका ५० घरधुरीलार्इ आवतजावतमा सहज भएको बताए । उनका अनुसार यस गाउँमा पुग्न हिँडेर दुईदेखि  तीन घण्टा लाग्दथ्यो । अब सजिलै पुग्न सकिने भए ।

सडक बन्यो तरकारी किनबेच गर्न बजार पुग्न सजिलो भएकोमा स्थानीय कृषक ग्यालदोर्जे तामाङले बताए ।

सदरमुकामको नजिक सडक सञ्जालबाट टाढा हेर्दाखेरि बाँदर लड्ने भिर छ । यस्तोमा पनि सडक पुग्छ ? भनेर सबै जना यस गाउँका बासिन्दाका लागि चिन्तित थिए । तर आज सडक जोडेर सहज बनाएको  छ‚ नागुङ कृषि सडक का अध्यक्ष पासाङ शेर्पाले भने ।

सडक सञ्जालले जोडिएपछि शिक्षा,स्वास्थ्य,रोजगार,कृषि  क्षेत्रमा राम्रो हुने त्यहाँका स्थानीय समाजसेवी सुवास तामाङले बताए ।

कार्यक्रममा गाउँपालिका प्रमुख कैसाङनुर्पु तामाङ,उपाध्यक्ष करग्याल्मो श्रेष्ठ वडा अध्यक्ष दावा सिदार वाइबा, लगायत  समाजलाई योगदान पुर्‍याएका व्यक्तित्व स्थानियबासिहरूको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया