कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाललाई मातृ शोक

सैलुङअनलाइन संवाददाता
काठमाडौं

ललितपुरस्थित कोन्ज्योसोम गाउँपालिका अध्यक्ष गोपीलाल सिङ्तानलाई मातृ शोक परेको छ ।

अध्यक्ष सिङ्तानको आमा विष्णुमाया सिङ्तानको ७९ औँ वर्षमा शनिवार निधन भएको हो । दमको रोगबाट लामो समय ग्रसित उनको शुक्रवार (हिजो) बाट भक्तपुरको समिट अस्पतालमा उपचाररत थिए ।

उनका उनको दुई छोरा र चार जना छोरी छन् ।

तपाईको प्रतिक्रिया