काठमाडौँसहित देशका धेरैजसो ठाउँमा आज (बिहीबार) पनि वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज राति मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाकी मौसमविद् मञ्जु भासीले जानकारी दिइन्।
अहिले देशभर आंशिकदेखि सामान्य बदली छ, मध्य र पश्चिमका केही स्थानमा पानी परिरहेको छ । पश्चिमको कैलाली आसपासको क्षेत्रबाट पानी पार्ने नयाँ प्रणाली विकास हुँदैछ, गएराति भन्दा पनि आज त्यसक्षेत्रमा बढी पानी पर्ने सम्भावना छ, मौसमविद् भासीले भनिन् ।
देशभरी आंसिकदेखि सामान्य बदली छ । ‘केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको पश्चिमी भूभागमा औसत स्थान भन्दा केही माथि र अन्य ठाउँमा औसत स्थान आसपास छ । साथै बंगालको खाडीको उत्तर-पश्चिमी भागमा एउटा न्यून चापीय प्रणाली विकास भएको छ।
भाद्र १९ गते (बिहिबार)
दिउँसोः देशभरी आंसिकदेखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
रातिः देशभरी सामान्य बदली रही केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाकोसमेत सम्भावना देखिन्छ।
भाद्र २० गते (शुक्रबार)
दिउँसोः देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
रातिः देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै पश्चिमि पहाडी भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।
भाद्र २१ गते (शनिबार)
दिउँसोः देशभरी आंसिक देखि सामान्य बदली रही पहाडि भेगका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ।
रातिः देशभरी सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा हुनेछ। साथै मध्य र पश्चिमि पहाडी भेगका एकदुई स्थानमा भारी वर्षाको सम्भावना देखिन्छ।
महाशाखाले देशभरी वर्षाको सम्भावना रहेको भन्दै यसको प्रभावले पहाडि भूभागमा पहिरोको जान सक्ने, नदिमा पानिको वहाव बढ्न सक्ने भएकोले सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोधसमेत गरेको छ।