कर्णाली प्रदेशको कांग्रेस सभापतिमा शाही विजयी

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
56 Shares
सुर्खेत

नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजय भएका छन् । शाही संस्थापन (सभापति शेरबहादुर देउवा)समुहका हुन् ।

कुल खसेको ७ सय ५४ मतमध्ये ललितजंगले ४ सय २२ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी भुपेन्द्रजंग शाहीले ३ सय १७ मत प्राप्त गरे भने मोतीराज बलमे ७ मत प्राप्त गरेका छन् । खसेको कुल मतसंख्यामध्ये ८ मत बदर भएको छ ।

भुपेन्द्रजंग संस्थापनइतर (वरिष्ठ नेता रामचन्द पौडेल)समुहका हुन् भने मोतीराज पार्टी उपसभापति विमलेन्द्र निधी समुहका हुन् । सभापतिबाहेकका अन्य पदाधिकारी तथा सदस्य पदको मतगणना भईरहेकाे छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका