शैलुङ कालापानीमा मिनी ग्रेटवाल बन्ने

सैलुङअनलाइन संवाददाता
दोलखा

पर्यटकीय क्षेत्र शैलुङ डाँडाको प्रवेशद्वार कालापानीमा मिनी ग्रेटवाल निर्माण गर्ने भएको छ ।

सोमबार शैलुङ गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलाल ग्रेटवालको शिलान्यास गर्दै गाउँपालिका र सङ्घीय सरकार पर्यटन मन्त्रालयको साझेदारीमा बन्न लागेको जानकारी दिए ।

उनका अनुसार पालिकाको ३० प्रतिशत बजेट र पर्यटन मन्त्रालयको ७० प्रतिशत बजेट रहने बताए । अध्यक्ष दुलालले भने‚‘टेन्डर प्रक्रियामार्फत दुई वर्षभित्र पूरा गरिसक्नेछ ।’

५ करोड लागतमा ५ सय मिटरको सुविधा सम्पन्न मिनी ग्रेटवाल बन्नेछ ।

तपाईको प्रतिक्रिया