सोल्टिनी मैच्याङ सार्वजनिक (भिडियो)

सैलुङअनलाइन संवाददाता
काठमाडाैं
PHOTO:

मौलिक चिनारी बोकेको सोल्टिनी मैच्याङले गीतसंगीतमा एउटा इट्टा थपेको बताउँदै पूर्व कानूनमन्त्री एवं संघीय सांसद शेरबहाहदुर तामाङले स्रष्टाहरुलाई रोयल्टी सम्बन्धी कानुनमा सुधार हुँदै आएको जानकारी दिए ।
बिहीबार काठमाडौंमा गायिका रेश्मा बम्जन र गायक अनिल लामाको सोल्टिनी मैच्याङ म्युजिक भिडियोको सार्वजनिकीकरण गर्दै सांसद तामाङले पश्चिमा संस्कृतिले अतिक्रमण गरिरहेको बेला पनि मौलिक गीतसंगीतलाई जीवन्त बनाइराख्न सकेकोमा स्रष्टाहरुलाई धन्यवाद दिए ।

तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले गीतसंगीतले समुदायलाई विश्वसामु चिनाउन सफल भए पनि स्रष्टाले राज्यबाट पाउनुपर्ने सुविधा नपाएकोप्रति सम्बन्धित निकायको ध्यानाकृष्ट गराए । उनले कलाकारहरुलाई तामाङ चलचित्र संघमा आवद्व हुन अनुरोध गरे ।

यसैगरी तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाइबाले हालसम्म आउँदा तामाङ गीतसंगीतले फड्को मारेको बताए । नेपाली गीतसंगीतमा जस्तै तामाङको भाषा, धर्म, संस्कृतिलगायतको मौलिक विविधतालाई उतारेको छ, उनले थपे ।
सोल्टिनीमा रेश्मा बम्जन र अनिल लामाको स्वर रहेका छन् ।

साङ्गे ब्लोन तामाङको शब्दलाई गायक लामाले संगीत भरेका छन् भने पवनवाङ लामाको संगीत संयोजन रहेको छ ।

भिडियोमा बरिष्ठ अभिनेता जयनन्द लामा, सविता गुरुङ, निरञ्जली लामा, रश्मी तामाङ, रेशम फिरीरि, नविन राई, मरिष्का पोखरेल, विकास राना मगर, कुमार थिङलगायतले अभिनय गरेका छन् ।

विकास ज्ञवालीको सम्पादन र ज्ञानेन्द्र शर्मा हुमागाईको छायांकनमा निर्मित भिडियोमा राहुल बराइलीको निर्देशन रहेको छ ।

गीतमा मैच्याङलाई लैजान च्याङ्बाले खुबै फकाउने प्रयास गर्छ । तर, मैच्याङ भने तर्केर च्याङ्बाको प्रस्ताब अस्वीकार गरेका दृश्य देख्न सकिन्छ ।

कार्यक्रममा निर्माण पक्षले मैच्याङ टिमलाई मायाको चिनो प्रदान गरे ।

तपाईको प्रतिक्रिया