नागोयामा ‘जात्रै जात्रा’

एलिसा रसाइली
एलिसा रसाइली
0 Shares
जापान

नेपालमा उत्साहजनक र राम्रो व्यापार गर्न सफल चलचित्र जात्रै जात्रा जापानको विभिन्न शहरमा प्रदर्शन हुने भएको छ ।

नेपालमा दर्शकहरु बाट राम्रो प्रतिक्रिया बटुल्न सफल चलचित्र जापानको राजधानी टोकियो, नागोया र चिबा लगायतका शहरहरुमा भब्य रुपमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई नागोयामा भने यु एण्ड इभेन्ट र इन्टरटेन्टमेन्ट( U&P Event and Entertainment ) ग्रूपले आयोजना गर्न लागेको हो ।

यहि सेप्टेम्बर १६ तारिख नागोयाको ओसु स्थित नागोया लेगेन्ड ( NAGOYA LEGEND ) हलमा चलचित्र प्रदर्शन हुने भएको छ ।

चलचित्र टोकियोमा सफल रुपमा प्रदर्शन भैसकेको छ । नागोयामा पनि भब्य रुपमा प्रदर्शन गर्न सफल हुनेमा विश्वास राख्दै आयोजकका संयोजक पुनम अधिकारीले हामीले राम्रो चलचित्र ल्याएको छौं ।  पक्कै पनि दर्शकहरुले पनि हामीलाई साथ भन्दै अधिकारीले सम्पुर्ण नागोयाबासि नेपालीहरुलाई चलचित्र हेरिदिनु अनुराेध गरे ।

चलचित्रलाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । चलचित्रमा विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानिया, दया हाङ राई र वर्षा राउत लगायतको अभिनय गरेका छन् । चलचित्रमा मित्र डि गुरुङको सम्पादन, शंकर महर्जनको द्वन्द, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्वाजको संगीत रहेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका