कांग्रेस प्रदेश सदस्यमा दोलखाका लामा निर्वाचित

सैलुङअनलाइन संवाददाता
हेटौंडा, मकवानपुर

नेपाली काँग्रेसका नेता दावादोर्जे लामा प्रदेश सदस्यमा निर्वाचित भएको छ । नेता लामा जनजाति तर्फको बागमती प्रदेश सदस्यमा निर्वाचित भएको हो ।

नेता लामा ७५४ मतसहित तेस्रो भएका थिए
। उनीसँगै दोलखाबाट प्रदेश सदस्यमा चित्रबहादुर कार्की, पारस तामाङ र अनिता श्रेष्ठ निर्वाचित भएका छन् । ९ जना निर्वाचित हुने सदस्य पदमा ३५ जनाको उम्मेद्वारी परेका थिए ।

त्यस्तै प्रदेश सभापतिमा भने इन्द्र बानियाँ उपसभापतिहरु मोहनबहादुर बस्नेत, चन्द्र महर्जन, महामन्त्रीहरु कन्चनचन्द्र बादे, राजु श्रेष्ठ, सहमहामन्त्रीहरु क्रमशः हरिशरण श्रेष्ठ, ऋषिराम घिमिरे र जीवन डंगोल निर्वाचित भएका थिए ।

नेपाली कांग्रेस बागमती सदस्य लामा यसअघि दोलखा-२ (ख) बाट खुल्ला तर्फ प्रदेश प्रतिनिधि निर्वाचित भएका थिए ।

प्रदेश सदस्य लामाले प्रतिनिधिहरुलाई धन्यवाद दिदै, बागमती प्रदेशमा पार्टीलाई मजबुत बनाउन आदिवासी जनजातिहरूको नेतृत्व सुनिश्चित गर्न लागि पर्ने प्रतिबद्धता गरे ।

लामा २०६२/६३ को जनआन्दोलनमा १२ दिन जेल परेका थिए । सानैदेखि राजनीतिमा होमिएका उम्मेदवार लामा प्रजातन्त्र पुनर्बहालीका लागि भएको २०४६ सालको जनआन्दोलनमा समेत ११ दिन जेल परेका थिए ।

उम्मेदवार लामाले नेपाली काँग्रेस दोलखाका क्षेत्रीय सभापति हुँदै जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । लामा शैलुङ काँग्रेसका निवर्तमान सभापतिसमेत हुन् ।

शैलुङ गाउँपालिका-३, भुरुंगाका नेता लामाले विभिन्न कारण पीडित भएकाहरूलाई सहयोग गर्दै आएका छन् ।

थप यो पनि

जनजाति तर्फको प्रदेश सदस्यमा काँग्रेस नेता लामाको उम्मेदवारी

प्रत्यक्ष तर्फको प्रदेश प्रतिनिधिमा लामा निर्वाचित

प्रदेश प्रतिनिधि पदमा लामाको उम्मेदवारी

तपाईको प्रतिक्रिया