रसुवा नुवाकोट पर्यटन समाजको अध्यक्षमा पुनः दुर्गानाथ न्यौपाने ( वलराम) सर्वसम्मत चयन भएको छ । बिहीबार सम्पन्न साधारणसभाले न्यौपानेको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति चयन गरेका छन् ।
रसुवामा जन्मेर राजधानीमा पर्यटन व्यवसाय गर्दै आएका न्यौपाने संस्थापक अध्यक्ष समेत हुन् ।
समितिकोको वरिष्ठ उपाध्यक्ष शिवप्रसाद लामिछाने र पाँच जना उपाध्यक्षहरु कृष्णप्रसाद पाण्डे, दिनेशमान लामा, केदार तामाङ, गोविन्दराज पन्त र कुलप्रसाद न्यौपाने (सन्तोष) रहेका छन् ।
यसैगरी माहासचिव शिव अधिकारी (अविरल), उपमहासचिव भुवनराज आचार्य, सचिव दिनेश तामाङ, सहसचिव रितु ग्याम्दान, कोषाध्यक्षमा तेम्वा लामालाई चयन गरेका छन् ।
समितिको सदस्यहरूमा ईश्वर गुरूङ, कृष्ण अधिकारी, उर्जा तामाङ, शशी लामिछाने, प्रेमराज तिम्सिना, गगनराज न्यौपाने, युवराज पण्डित, केदार गजुरेल र विपिन लामा रहेका छन् ।
समितिको सल्लाहकारमा पर्यटन व्यवसायी सुमन पाण्डे, दिपक महत, अम्बिर गुरूङ तथा डा. चेतनाथ अधिकारी रहेका छन् ।