नेपाल आदिवासी जनजाति महासंघ, दुधौली नगरपालिका समन्वय परिषद्को प्रथम अधिवेशन सम्पन्न भएको छ ।
भदौ १९ गते बिहीबार सम्पन्न अधिवेशनले गान्धिराज मगरको अध्यक्षतामा नौ सदस्यीय सचिवालयसहित पन्ध्र सदस्यीय नगर समिति चयन गरिएको छ ।
समितिका उपाध्यक्षमा निमा मोक्तान (जाति), उपाध्यक्ष सीता कुमारी भुजेल (महिला) र उपाध्यक्ष किसुनलाल कुमार दनुवार (स्थानीय वडा), सचीव सन्तोष गुरुङ, कोषाध्यक्ष बिनिता अधिकारी, सहसचिव सिंहबहादुर तामाङ (जाति), दिलमाया सुनुवार (महिला) र किरणजङ्ग राई (स्थानीय वडा) चयन भएका छन् ।
सदस्यहरुमा धनबहादुर समाल, मेघबहादुर तामाङ, सुवर्ण अधिकारी, इन्दिरा माझी, कर्णबहादुर सुनुवार र अशोक गुरुङ रहेका छन् ।
श्याम अधिकारी दनुवारको अध्यक्षतामा सम्पन्न प्रथम अधिवेशनको उद्घाटन महासंघ प्रदेश नंं. ३ का संयोजक काजीमान थिङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
औपचारिक कार्यक्रम शुरु हुनु पूर्व महासंघसँग आवद्ध जातीय संगठनहरुले विभिन्न जातीय झाँकीसहित नगर परिक्रमा गरेका थिए ।
अधिवेशनको उद्घाटन सत्रमा अतिथिका रुपमा पूर्व सभाषद् विशमलाल अधिकारी दनुवार, पूर्व सांसद गंगा नेपाल, जिल्ला समन्वय समितिका उपप्रमुख सम्झना अधिकारी, दुधौली नगरपालिका मेयर घनश्याम राउत, नेकपा नगर अध्यक्ष लक्ष्यमन कार्की र नेपाली कांग्रेसका कुमार बस्नेत लगायतको उपस्थिति रहेको थियो ।